
जिल्ला प्रहरी कार्यालय पाल्पाले सर्वसाधारण जम्मा गरी राजमार्ग अवरुद्ध गर्ने पाचँ जनालाई नियन्त्रणमा लिएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेनको बर्तुङ्ग चोकमा सडक बन्द गर्न लागेका तानसेन नगरपालिका ८ का ४० वर्षीय लीला मगर, रिब्दीकोग गाउँपालिका २ का २१ वर्षीय सुदीप विश्वकर्मा र माथागढी गाउँपालिका ७ का २१ वर्षीय विपी विश्वकर्मालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयाे ।
यस्तै, निस्दी गाउँपालिका १ का ४३ वर्षीय मिनबहादुर आले र प्युठान जिल्ला गौमुखी गाउँपालिका २ का २५ वर्षीय लंका रानालाई नियन्त्रणमा लिएको सूचना अधिकारी त्वातीले बताउनुभयाे।
उनीहरुले अनावश्यक रुपमा मासिलाई त्रसित पार्ने तथा समाजमा असुविधा पुर्याउने कार्य गरेको हुँदा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई दिनभर प्रहरी कार्यालयमा राखेर सम्झाई बुझाइ गरी आगामी दिनमा सामाजमा अराजकता पुर्याउने काम नगर्ने गरी छाडिएको पनि प्रहरीले जनाएको छ ।