७ बैशाख २०८२, आईतवार

संकटको घडीमा जो जहाँ छ, त्यही सुरक्षित रहनु : प्रधानमन्त्री

kp oli address nation coronavirus

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ त्यही रहनु उपयुक्त हुने बताएका छन् ।

देशबासीका नाममा सक्बोधन गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेकाले अहिले जो जहाँ छ त्यही सुरक्षित रहनुमात्रै विकल्प भएको बताएका हुन् ।

उनले सम्बन्धित देशले नेपालीको व्यवस्थापन गर्ने बताएका छन् ।

उनले नेपालको सीमावर्ती इलाकामा २ हजार १४७ नेपालीलाई भारतीयले व्यवस्थापन गरेको बताएका छन् । ७ सय भारतीय नागरिकलाई नेपालले व्यवस्थापन गरिरहेको बताएका छन् ।

उनले लकडाउनपछि विभिन्न नाका भएर आएका कतिपय नेपाली क्वारेन्टाइनमा बस्न नमानेकाले परिवारका लागि त्यो महँगो पर्न सक्ने चेतावनी दिएका छन् ।

उनले सरकार कोरोना सकभर फैलनै नदिन सतर्कता अपनाइरहेको र फैलिइहाले नियन्त्रण गर्न सक्षम रहेको बताएका छन् ।

    सम्बन्धित समाचार...