
प्रधानमन्त्री केपी शर्मा अोलीले भ्रष्ट्राचारविरुद्ध सरकार निर्ममताका साथ प्रस्तुत हुने चेतावनी दिएका छन् ।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले सरकार भ्रष्ट्राचारविरुद्ध दृढ रहेका कारण अनावश्यक प्रभ पैदा नगर्न पनि आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएका छन् ।
ओलीले भने, ‘९ जनामा संक्रमित देखिए पनि हामी उच्च जोखिममा छौं । सावधानी अपनाएनौं भने भयावह स्थिति हुनसक्छ ।’
ओलीले लकडाउनले महामारी फैलिन नदिने अभियानमा ठूलो सहयोग पुगेको बताउँदै लकडाउनको असुविधाप्रति आफू सम्वेदनशील रहेको स्पष्ट पारे ।
‘जेलमा बसेको एकान्तवास बिताएको मैले सहजै लकडाउनबाट सिर्जित समस्या अनुभूति गर्छु,’ उनले भने ।
मित्रराष्ट्रको सद्भाव र अनुसन्धानमुलक संस्थाले हामीले चालेका कदम प्रभावकारी भन्दा कोरोनाको संक्रमणविरुद्धको लडाईमा बल मिलेको ओलीको भनाई छ ।