
प्रतिनिधिसभाको बैठक स्थगित हुने भएको छ ।
बुधवार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित हुने भएको हो । सरकारले नै प्रतिनिधि सभाको बैठकको मिति सार्न आग्रह गरेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताउनुभयो ।
कानुन मन्त्रीले सभामुखलाई फोन गरेर प्रतिनिधि सभाको बैठक सार्न आग्रह गर्नु भएको उहाँले जानकारी दिनुभयो ।
अर्को बैठक फागुन २ गतेका लागि बोलाउने तयारी भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको माघ १६ गतेको बैठक पनि सूचना मार्फत् सारिएको थियो।