
जिल्लाकाे पर्सा गाउँपालिकाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
बुधवार गाउँपालिका २, नारायणपुर बोर्डरमा खटिएको प्रहरी टोलीले प्रदेश २–००४ प ४०९७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा संग्रामपुरका २२ वर्षीय फिरोज अन्सारीको साथबाट लागूऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएकाे हाे ।
अन्सारीको साथबाट नाईट्रोभेट १० नामक ट्याब्लेट १२ ओटा, नाईट्रोजाम २ ओटा गरी १४ ओटा ट्याब्लेट लागूऔषध बरामद भएको छ ।
लागूऔषधसहित अन्सारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी माधवप्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।