
आज पनि सुनकाे मूल्यमा पाँच सयले बढेकाे छ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५ सयले बढेर ९३ हजार ९ सय पुगेको हाे ।
पहेँलो धातु बुधबार प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४ सय छ, जसको मूल्य अघिल्लो दिन ९२ हजार ९ सय थियाे थियो ।
यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर आसपास कारोबार भइरहेको छ ।