
व्यापक रूपमा प्रयोग गरिएको स्मार्टफोनको स्वास्थ्य एपमा “हरियो” कोड भएको जो कोहीलाई अब वुहानबाट जानको लागि अनुमति दिईएको छ ।
चीनमा कारीब ८२,७०० कोरोना केसहरु देखिए भने कुल संख्याको ८२% वुहानमा मात्रै देखिएको थियो ।
जनवरी २३, २०२० देखी भएको लकडाउन पछी वुहान छाड्ने अनुमती कसैलाई पनि दिईएको थिएन ।लकडाउन शुरु भएपछी वुहानका १ करोड भन्दा बढी मानिसहरु १० हप्ता सम्म घर भित्रै बसेका थिए ।
रेल र सडकहरु पुन: सुचारु भएका छन । मंगलबार चीनमा कुनै पनि व्यक्तिको मृत्यु नभएपछी यो लकडाउन फुक्का गरिएको बुझिएको छ तर अझै पनि मानिसहरूलाई सकेसम्म घर बस्न र स्कूलहरू बन्द रहन आग्रह गरिएको छ।
टाइम्सले जनाए अनुसार स्थानीय समाचार संस्थाले प्रदान गरेको फुटेजमा प्रतिबन्ध हटाइएपछी वुहानबाट बाहिरिने कारको भीड देखिएको थियो । त्यस्तै चीनको राष्ट्रिय रेल अपरेटरले ५५ ५५,००० भन्दा बढी मानिसले ट्रेनबाट शहर छोड्ने अनुमान गरेको छ ।
टाइम्सका अनुसार वुहानमा विद्यालयहरू बन्द रहेका छन् । मानिसहरू र व्यवसायहरूमा सामाजिक दूरी प्रतिबन्धहरू अझै पनि कायम छ, शहरभरका ९४ प्रतिशत व्यवसायहरू पुनः सुरु भएका छन्, सार्वजनिक यातायात फेरि सुरु भएको छ र मानिसहरू फेरि बाहिर जान थालेका छन्।