
कोरोनाभाइरसको कारण टोकियो स्थित “बिजनेस् ब्रेक्थ्रु” विश्वविद्यालयका विद्यार्थीहरूले परम्परागत दीक्षान्त ग्रहण गर्न पाएनन तर उनीहरूले ट्याब्लेट प्रयोग गरेर “न्युमि” रोबोटको सहायताले होटेल ग्रान्ड प्यालेसको मञ्चमा गएर दिक्षित हुने अनुभव संगाले ।

विद्यार्थीका सट्टा , ANA होल्डिङ्ग्ले बनाएका रोबोट विद्यार्थी जस्तै गाउन र टोपी लगाएर मन्चमा गएका थिए भने जूम एप्लिकेसन को मद्दतले भिडियो मार्फत स्कृनमा अनुहार देखाइएको थियो ।
समारोह केवल आंशिक भर्चुअल थियो, सो समारोहा मा चार विद्यार्थी र केही प्रशासकहरूको उपस्थिति थियो ।कोविड -१ १९ को कारण एक मिलियन भन्दा बढी मानिस संक्रमित भएका छन र विश्वभरमा स्कूलहरू बन्द छ । यसकारण जापनका विद्यार्थीले रद्द भएका कार्यक्रमलाई रचनात्मक तवारले सम्पन्न गरे ।