
फ्रान्समा आधिकारिक रूपमा कोरोनाभाइरस संक्रमणबाट १०,००० भन्दा बढी व्यक्तिको मृत्यु भएपछी इटाली, स्पेन र संयुक्त राज्य अमेरिकापछि फ्रान्स चौथो देश बनेको छ।
आधिकारिक तथ्यांक अनुसार दोस्रो दिन मंगलबार पनि मृत्यु संख्या बृद्धिदर लगातार बढेको छ।
जनस्वास्थ्य प्राधिकरणका प्रमुख जेरोम सालोमनले एक पत्रकार सम्मेलनमा फ्रान्समा महामारीको विस्तार भैरहेको बताएका छन ।
उनले यो पनि भने कि आइ सि युमा उपचाररत गम्भीर कोरोनाभाइरस संक्रमितको संख्या पछिल्लो २४ घण्टामा शुन्य दशमलब आठ प्रतिशत मात्र बढेको छ – आठौं दिनमा आइपुग्दा सम्म यो दर विस्तारै घटेको छ।
फ्रान्सले आफ्नो छिमेकीलाई नजिकबाट नियालिरहेको छ र फ्रान्सेली प्रधानमन्त्री एडुअर्ड फिलिपले लकडाउन व्यवस्था अप्रिल १५ सम्म रहने बताएका छन्।