
मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) का नेता योगेन्द्र ढकाल र अजिता जिसी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले पार्टी कार्यालय थापाथलीमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई जोगाउन सके परिवर्तनहरु दिगो हुने बताए ।
अहिले कम्युनिष्ट आन्दोलनको समस्या अराजनीतिक स्वार्थ प्रबृति नै भएको उनको भनाई छ । ओलीले चूनावसंग डराउनेहरुले गठबन्धनको कुरा गरेको र कांग्रेसको हात समातेको तर्क गरे ।
पार्टी प्रवेश कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, एमाले प्युठान जिल्ला इन्चार्ज सूर्य थापा लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।