
तत्कालीन माओवादीले हिंसात्मक संघर्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ । पहिलोपटक प्रदेश सरकारले फागुन १ लाई ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक विदासमेत दिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आज सुचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका छन् ।
