७ बैशाख २०८२, आईतवार

हजारौंको उपस्थिती, बझाङमा चैतली मेला सम्पन्न गर्न कोरोनाले नरोकेपछी

bajhang chaitali

हरेक वर्षको चैत्र शुक्ल त्रेयोदशीका दिन मनाइने बान्नीको चैतली मेला यस वर्ष चैत्र २४ गते परेको थियो । हरेक वर्षहरू जस्तै यसवर्ष पनि बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ को बान्नीमा चैतली मेला लागेको हो ।जिल्लामा मनाइने ऐतिहासिक तथा धार्मिक मेला स्थानीयहरूको भीड नै लाग्योे।

सरकारले कुनै पनि कार्यक्रम नगर्न तथा सभासम्मेलन, अनाआश्श्यक भीडभाड गर्न रोक लगाइरहँदा छबिस पाथिभेरामा मनाइने बान्नीकी चैतली मेलामा भने स्थानीयहरूको घुइँचो नै देखिन्छ। मेला भर्न सयौंको संख्यामा स्थानीय मेलास्थल पुगेका थिए।

यसपालिको चैतली मेलामा भिडभमड गरी मनाउन रोक लगाउँदा पनि स्थानीयले अटेरी गरेर मेला भरेको गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीले बताउनु भयो । आफूहरुले गाँउपालिकाका विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भए पनि चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उहाँको भनाइ छ ।

सुदूरपश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् ।

स्थानीयहरु यही मेला भर्न भनेर भारतका विभिन्न ठाउँबाट घर फर्किने गर्छन् । यो वर्ष पनि मेलाका लागी केही समय अघि मात्रै भारतका विभिन्न सहरबाट धेरै मानिसहरु घर फर्किएका स्थानीयले बताएका छन् । उनीहरु क्वरेन्टीनमा नबसेरै मेला भर्न आएका स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

यस विषयमा गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले यसपालिको चैतली मेलामा भीडभमड गरी मनाउन रोक लगाउँदा पनी स्थानीयले अटेरी गरेर मेलामा गएको प्रतिक्रिया दिइन्। आफूहरूले गाउँपालिकाका विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भएपनि चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनको दाबी छ। प्रशासनलाई झुक्याएर मेला मनाइएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।

bajhang chaitali corona

किवंदन्ती:

परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुुर्मा देवी प्रकट भै महिषासुरको वध गरेको खुशियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ । 

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ४०/५० मिटर लामो कांकरलाई मानिसहरुले समाएर ३ सय मिटर जति हिँडाउने गरिन्छ ।  

यसरी हिँडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाइन्छ । यस्तै मेलामा राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाबीच भकुण्डो खेल्ने प्रचलन रहेको छ । 

यसरी मष्टाको दर्शन गर्ने साथै काकंर हिडाएको र भकुण्डो खेलेको हेर्नका लागि बझाङ जिल्ला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु साविक कडेल गाविसको बान्नी चौरमा पुग्ने गर्दछन । राक्षसलाई माriसकेपछि सुर्मा देवीले राक्षसको पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती छ । 

अटेरी जनता कि सचेतना को कमी ?

यस विषयमा गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले यसपालिको चैतली मेलामा भीडभमड गरी मनाउन रोक लगाउँदा पनी स्थानीयले अटेरी गरेर मेलामा गएको प्रतिक्रिया दिइन्। आफूहरूले गाउँपालिकाका विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भएपनि चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनको दाबी छ। प्रशासनलाई झुक्याएर मेला मनाइएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।