
फाइल फोटो
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा विवाद गर्न नहुने तर्क गरेका छन् । उले अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका हुन् ।
ठाकुरले आज जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसी परियोजना विशुद्ध रुपमा विकाससँग जोडिएको कारण विवाद गर्नुको कुनै तुक नरहेको बताए । सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्त्वपूर्ण विषय उनको भनाई छ ।
अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेका विवादहरुको विषयमा सरोकारवाला निकायले आफ्नोपक्षको कुरा राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सिर्जना गर्नु उचित नभएका धारणा राखे ।