
फाइल फोटो
नेकपा एमाले नेता तथा सांसद डा भीमबहादुर रावलले एमसीसीका विषयमा गम्भीर छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्नुभएको छ ।
उहाँले पत्रमा एमसीसीका विषयमा पार्टीभित्र गम्भीर छलफल गरिनुपर्ने माग राख्नुभएको छ । एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको रावलले पत्रमा दाबी गर्नुभएको छ । त्यसैले यस विषयमा गहन छलफल हुनुपर्ने उहाँको भनाइ छ ।
सोमवार बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले अध्यक्ष ओलीलाई हस्तलिखित पत्र मार्फत उक्त माग गर्नुभएको हो । बैठकमा महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने रावलले राख्नुभएको थियो ।
जनताको गम्भीर चासो र सरोकारको विषयमा पार्टीले नजरअन्दाज गर्न नहुने नेता रावलको टिप्पणी छ ।
