
शंकर ग्रुपका सञ्चालकसमेत रहेका अग्रवाललाई प्रहरीले निलो प्लेटको गाडीमा राखी थर्मल गन कालोबजारी गर्दै गरेको अवस्थामा मंगलबार पक्राउ गरेको थियो।
नेपालका लागि किर्गिजस्तानका अवैतनिक दूत सुलभ अग्रवाललाई थर्मल गन कालोबजारी गर्दै गरेको अवस्थमा पक्राउ भएपछी सरकारले सबै अवैतनिक दूतहरुको निलो प्लेट र झण्डा राख्न पाउने अधिकार कटौति गरेको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा ‘अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अवैतनिक दूतालाई दिँइदै आइएको गाडीमा निलो प्लेट र झण्डा राख्न पाउने अधिकार निलम्बर गरिएको छ’ भनिएको छ ।
