७ बैशाख २०८२, आईतवार

नेता खनालको एमसीसी सम्झौता संसदबाट पारित गर्ने प्रयास नगर्न चेतावनी

Jhalanath Khanal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनु भएकोछ ।

नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन नदिने आफ्नो पार्टीको अडानसमेत दोहोर्‍याउनुभयो ।

यो सम्झौतामा गम्भिर खालका राष्ट्रिय हितविपरीतका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्कसमेत गर्नुभयो ।

नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताउनुभयो ।