
सरकारले अत्यावश्यक सेवा दिने निकायमा कार्यरत् बाहेक घरमै बसिरहेका राष्ट्रसेवक कर्मचारीहरूलाई पनि काममा खटाउने भएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्रसेवक कर्मचारीका नाममा निर्देशन दिएकाे हाे ।
कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउन प्रभावकारी बनाउन सरकारले उनकीहरूको लागि १० वटा कामको सूचीसमेत तयार पारेको छ।
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले हिजो, २६ चैतमा लेखेको पत्रमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहेर टेलिफोन, इन्टरनेटलगायतको प्रविधि प्रयोग गरेर घरबाटै गर्नसक्ने काम गर्न भनेको छ।
कोभिड १९ बाट सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्न निर्देशन दिइएकाे छ । आफू बसेको ठाउँ वरपर कोभिड-१९ प्रभावित स्थानबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने नबसेको पाइए वडा कार्यालय, प्रहरी प्रशासनमा खबर गर्न भनिएको छ।
मन्त्रालयका सहसचिव बाबुराम अधिकारीद्वारा हस्ताक्षर गरिएको सो पत्रमा राहत संकलन कार्यमा सहयोग गर्न, दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक पाइए सम्बन्धित निकायमा जानकारी गराउन र कोभिड-१९ बाट बच्ने उपाय अवलम्बनका लागि सहयोग गर्न गराउन भनिएको छ।
साथै सरकारी निकाय तथा पालिकाबाट सञ्चालन गरिएका लगत सङ्कलन, राहत वितरण जस्ता कार्यमा सहयोग पुर्याउन, दैनिक उपभोगका वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा जानकारी गराउन, अनावश्यक रूपमा कुनै पनि व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गर्न तथा सावधानीका उपाय सिकाउन पनि सरकारले घर बसेका कर्मचारीलाई निर्देशन दिएको छ ।
यस्तो छ १० बुँदे निर्देशन

