
कोरोना भाइरसको संक्रमणले यति बेला देश लकडाउन छ। लकडाउनले गर्दा अहिले राजधानीसँगै सबै ठाउँमा सुनसान छ।
चैत ११ बाट गरिएको लकडाउन आज १७ दिन भएको छ। १७ औँ दिनमा दिनको दिन काठमाडौमा कोही अनावश्यक हिँड्ने प्रहरीको फन्दामा परेका थिए भने कोही ग्यास पुर्याउन जाँदै थिए। त्यस्तै कोही प्रहरीको सहयोग लिएर बाइकमा मलामी गइरहेका थिए।
त्यस्तै प्रहरीले साना गल्लीमा पनि भिडभाड नियन्त्रण गर्ने कोशिस गरिरहको थियो। कोही भने झ्यालबाट हेरिरहेका थिए। सरकारले चैत ११ बाट गरेको लकडाउन वैशाख ३ गते सम्मको लागि गरेको छ।





















