
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा जुटेका छन्।
एमसीसीको विषयमा फरक मत राख्दै आएका माओवादीले सत्ता गठबन्धनबाट बाहिरिने मानसिकता बनाएको छ । त्यसैले सत्ताबाट बाहिरिनुपूर्व दलका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निवास खुमलटारमा आकस्मिक रुपमा पार्टीका नेता तथा सांसदहरूलाई बोलाउनुभएको हो ।
एमसीसीको विपक्षमा उभिने र सरकारबाट बाहिरने विषयमा छलफल भइरहेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
एमसीसीका विषयमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अडान नछोड्ने भएपछि माओवादी केन्द्रले सरकारबाट बाहिरिने मानसिकता बनाएको हो ।
योसँगै वामगठबन्धनको सरकार गठनको पहलस्वरुप माओवादी अध्यक्ष दाहालले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँग भेटवार्ता समेत गर्नुभएको थियो ।