
गृह मन्त्रालयले शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट सर्वसाधारणलाई बाहिर जान दिने निर्णय भइनसकेको जनाएको छ।
गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्- भाेलि र पर्सि सवारीसाधन चल्न पाउनेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय आएकाे छैन, आएमा जानकारी गराइनेछ।
काठमाडौंदेखि बाहिर जाने मान्छेहरू एक सयदेखि डेढ सय किलोमिटर हिँडेर जाने, खुट्टा पट्पटी फुट्ने, ठाउँ ठाउँमा समस्या भोग्ने स्थिति सञ्चारमाध्यमले देखाइरहेपछि अनौपचारिक रुपमा कुरा भएको बुझिएको छ।
उच्चस्तरीय समिति स्रोतले पनि मन्त्रीहरुबीच उपत्यका छाड्न दिने सहमति भए पनि केही मन्त्रीहरुले नै यसमा विमति जनाएपछि यो अनिश्चित बनेको हो।
उच्चस्तरीय समितिले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौँबाहिर जान दिने निर्णय नभएको जानकारी दिएको छ।