
फाइल फोटो
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे संस्थागत धारणा बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई अल्टिमेटम दिनुभएकाे छ।
प्रधानमन्त्री देउवाले आज ३ बजेसम्म एमसीसीबारे संस्थागत धारणा बनाउन अध्यक्ष दाहाललाई अल्टिमेटम दिनुभएकाे हाे।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच हिजो (शुक्रवार) भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे संस्थागत धारण बनाउन आग्रह गरेकाे स्राेतले बताएकाे छ ।
स्राेतका अनुसार प्रधानमन्त्रीको अल्टिमेमपछि दाहालले आजै पार्टीमा छलफल चलाउने र संस्थागत निर्णय गरी धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएकाे छ ।