
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच आज भएको छलफलमा सहमतिबाटै वर्तमान गतिरोधको अन्त्य गर्नु पर्नेमा नेताहरूले जोड दिनुभएको छ ।
सिंंहदरवारमा आज भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी लगायतका विषयहरू सहमतिबाटै टुङ्गोमा पुग्ने र सत्ता गठबन्धन पनि नटुट्ने बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा तथा नेकपा एकीकृत (समाजवादी) का तर्फबाट अध्यक्ष माधवकुमार नेपालसहित झलनाथ खनाल लगायतका नेताहरूको सहभागिता रहेको थियो ।