
विश्वमा कोरोना भाइरस को कारण निधन हुने को संख्या एक लाख ले नगेको छ । अहिले सम्म १६ ९९ हजार ६३१ संक्रमित भएका चाहन भने एक लाख दुइ हज्जर ७३४ ले ज्यान गुमाई सकेका छन ।
त्यसैगरी कोरोना भाइरसको नयाँ केन्द्रबिन्दु बनेको अमेरिकामा एकैदिन २ हजार बढिको मृत्यु भएको छ । सबैभन्दा बढी न्यू योर्कमा मृत्यु भएको छ भने अमेरिकामा ३४ हजार नयाँ संक्रमित थपिएका छन् ।
यो समाचार तयार गर्द सम्म अमेरिकामा १८,७४७ को निधन भएको छ भने संक्रमित सन्ंख्या ५०२,८७६ पुगेको छ ।
अमेरिकाका सबै राज्यमा संक्रमित र मृतकको संख्या बढ्दै गएको देखिन्छ । यसरी संक्रमित र मृतकको संख्या बढदै गएको भएपनि सरकारले रोकथामका लागि देश पूरै लकडाउन गर्ने लगायतका निर्णय लिने पक्षमा देखिँदैन्।
अमेरिकामा संक्रमित गैरआवासीय नेपालीहरुको संख्या पनि दिनहुँ बढ्दै गएको छ । हालसम्म संक्रमण पुष्टि भएरै तीन जनाको मृत्यु भइसकेको छ भने दुई जनाको रिर्पोट आउन बाँकी रहेको छ।