
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूको शपथ यही फागुन २१ गते हुने भएको छ ।
संघीय संसद सचिवालयले दिएकाे जानकारी अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ २१ गते शनिबार हुने भएकाे हाे । सूचनामा जनाइए अनुसार शपथ बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ ।
गत माघ १२ गतेकाे राष्ट्रियसभा निर्वाचनमा १९ सदस्य निर्वाचित भएका थिए।