
प्रतिनिधिसभा बैठक भोलि (आइतबार) बस्दै छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८” पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको बैठकअघि बिहान ११:३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।
