
आन्तरिक हवाई उडानमा ५४० रुपैयाँसम्म बृद्धि भएको छ । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आइतबारदेखि लागु हुनेगरि आन्तरिक उडानको भाडादर बढाएका हुन् ।
एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै भाडा बढाएको हो । नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको आयोनले जनाएको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा विक्री गर्ने गर्छ ।
आयोनले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ । सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।
दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजनसँगै संघले शनिबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ । निगमले १२६ बाट १३६ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो।
