
नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले स्थानीय तहको निर्वाचनमा चूनावी तालमेल नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल सितोरियो कराँते डो–संघ गोल्फुटार डोजोको कराते भवन उद्घाटनपछि सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले यसअघिको निर्वाचनमा चूनाव अघिको तालमेल सफल हुन नसकेको भन्दै स्थानीय तहको निर्वाचनमा चूनावी तालमेल नहुने बताएका हुन् ।
निर्वाचनमा आ–आफ्नो दलले गरेको काम लिएर स्वर्थ प्रतिष्पर्धामा जानुपर्ने उहाको भनाई छ । त्यस्तै उहाले निर्वाचनपछि भने दलहरुबीच तालमेल हुन सक्ने धारणा राखे । उनले एमसीसी पारित भइसकेको अवस्थामा मुलुकको हितका आधारमा यसलाई अघि कार्यान्वयनम लानुपर्ने बताए ।
एमसीसीमा देखिएका कमी कमजोरीहरु सच्चाउनुपर्ने उनले बताए । त्यसअघि भवन उद्घाटन कार्यक्रममा भट्टराईले खेल क्षेत्रको बिकासका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताएका थिए ।