
नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि एक महिने घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।
घरघर जाऔं, कांग्रेस जिताऔं नाम दिएको अभियान गर्न सञ्चालन गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ। ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
उहाँका अनुसार केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर केन्द्रीय प्रतिनिधि खटाइएको छ। जिल्ला खटिने केन्द्रीय प्रतिनिधिको सूची बुधवार सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
मंगलवार सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।
वैशाख ३० मा स्थानीय तह चुनावका लागि कांग्रेसले फागुन २९ देखि स्थानीय तह केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।
गोरखालगायत केही जिल्लाका स्थानीय तहमा भने कांग्रेसले यसअघि नै स्थानीय तहमा चुनाव केन्द्रित अभियान सञ्चालन गरिसकेको छ।