
आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ ।
संघीय संसद सचिवालयले आइतबार दिउँसो एक बजे बैठकको सम्भावित कार्यसूची शुक्रबार सार्वजनिक गरेको हो ।
सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेश गर्नुुहुनेछ ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।
