
एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगीलाई नेकपा एमालेमा प्रवेश गराएका छन् ।
आज वीरगञ्जमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराइएको हो । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट उनी मेयरमा निर्वाचित भएका थिए ।
पार्टी प्रवेशको क्रममा उनले भने ‘मैले जसपा छोड्ने कारणहरु छन्। त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ ।