
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा ले अदालतमा विचाराधिन मुद्धालाई लिएर संसद चल्न नदिनु दुखद भएको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोगमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको जनसरोकारका विषयमा लुम्बिनी प्रदेश सरकार र संचारकर्मी बीच छलफल कार्यक्रममा बोल्दै मन्त्रि शर्माले प्रमुख प्रतिपक्षी दलले उठाएका माग अदालतमा विचाराधिन अवस्थामा रहेको भन्दै यही विषयलाई लिएर संसद चल्न नदिनु दुखद भएको प्रतिक्रिया दिएका हुन् ।
मन्त्री शर्माले जनसरकोरका विषयमा प्रदेश सरकारले गौरव गर्ने काम गरेको बताउदै शिक्षा,स्वास्थ्य,भौतिक निर्माण तथा विभिन्न हिसाबले सरकारले गौरवको काम गरेको बताए ।
उनले प्रमुख प्रतिपक्ष दलले संसदमा गरेको अवरोधका कारण विभिन्न जनप्रक्षिय,जनसरोकारका विषयमा बनेको विधेयक रोकिएको भन्दै तत्काल संसद सुचारु गर्ने वातारण बनाउन आग्रह गरे ।
त्यस्तै कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लुम्बिनी प्रदेशका सांसद रामजी घिमिरेले संसद अवरोध हुनुको मुख्य सर्जक नै गठबन्धन सरकार रहेको आरोप लगाए ।
उनले सभामुखले पदको दुरुपयोग गरी कुनै अमुक पार्टीको कार्यकता जस्तो भुमिकामा देखिएको भन्दै गठबन्धनको मति नसुध्रिए सम्म संसद अवरोध कायमै रहने बताए ।
त्यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य बालकृष्ण चापागाई,संघीय सभासद तथा दलित पत्रकार महासंघका अध्यक्ष विनोद पहाडी,सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल लगायतले बोल्दै विकास निर्माण र जनताको हकहितका लागी लड्ने सवालमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।