
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाईका लागि पठाउन आदेश गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि, विधान विपरित काम गरेको भन्दै १४ जना सांसदमाथि कारबाहीकाे माग सहित सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।
१४ सांसदमाथिको मुद्दा अन्तरिम आदेश माग भएको थियो । अहिले सबै प्रतिवादीहरुको लिखित जवाफ परिसकेको हुनाले अन्तरिममा बोलिरहन परेन यसर्थ, पूर्ण सुनुवाइमा हुने आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालकाे भनाइ छ ।
अब यो प्रक्रिया नियमानुसार अदालतको आन्तरिक सफ्टवेयरको प्रक्रिया अनुरुप अघि बढ्ने ढकालले बताउनुभयाे ।