
आज मध्यराति सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
गएराति १२ बजेर ५५ मिनेट जाँदा सोलुखुम्बू केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर ५५ मिनेट जाँदा सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर ४ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पका कारण केही क्षति भएको/नभएको विवरण भने आउन बाँकी छ।