
फ्रेन्च लीग वान फूटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन पीएसजी मोनाकोसँग पराजित भएको छ ।
गएराति भएको खेलमा पीएसजी मोनाकोसँग ३–० ले पराजित भएको हो। घरेलु मैदानमा मोनाकोका लागि विसम बेन एडरले २ र केभिन भोलान्ड एक गोल गरेका थिए ।
जितसँगै ४४ अंक जोडेको मोनाको सातौं स्थानमा छ । पीएसजी ६५ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ ।