
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ ।
चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन छिमेकी मुलुक चीन प्रस्थान गरेको हो ।
प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल हुनुहुन्छ ।
प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिनुभयो ।