
नायक पल शाह विरुद्धको अनुसन्धान सकिएपछि जिल्ला प्रहरी कार्यलय, तनहुँले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यलय, तनहुँमा वुझाएको छ ।
प्रहरीले २१ दिन लगाएर अनुसन्धान गरेको थियो । पक्राउ परेपछि जिल्ला अदालतल तनहुँले पल शाहलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको थियो । नाबालिग किशोरीमाथि बारम्बार जबरजस्ती करणी गरेको आरोप लागेका पल शाहविरुद्धको अनुसन्धान तनहुँ प्रहरीले सकाएको छ ।
त्यसपछि दोश्रो पटक १२ दिन र तेश्रो पटक पाँच दिनको म्याद थप गरिएको थियो । प्रहरीले रायसहितको प्रतिवेदनमा के के कुरा समावेश गरेको छ भन्ने खुलेको छैन । प्रहरीले सरकारी वकिल कार्यालयमा सोमबार मिसिल बुझाएको छ ।
अब,सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा मुद्दा दायर गर्ने वा नगर्ने निर्णय गर्नेछ । यसअघि नै जिल्ला प्रहरी कार्यलय, पूर्वी नवलपरासीले शाहमाथि अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।
पल शाहविरुद्ध एक नाबालिका गायिकाले आफूलाई बारम्बार जर्बजस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यलय, तनहुँ र जिल्ला प्रहरी कार्यलय, नवलपरासीमा उजुरी दिएकी थिइन् ।
शाहविरुद्ध एक नाबालिग किशोरीले आफूमाथि विवाहको प्रलोभन देखाएर बारम्बार करणी गरेको आरोप लगाएकी थिइन् । प्रहरीसमक्ष आफैं उपस्थित भएका पलविरुद्ध नवलपराजी जिल्ला अदालतमा बलात्कार आरोपमा अर्को अनुसन्धान मिसिल दर्ता भइसकेको छ ।
नवलपुर जिल्ला अदालतमा दर्ता भएको मिसिलमा शाहले किशोरीमाथि बलात्कार गरेको पुष्टि हुने भन्दै १६ वर्षको जेल सजाय हुनु पर्ने माग गरिएको छ ।
ती नाबालिग किशोरीले ११ फागुनमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । शाह आफैं १५ फागुनमा प्रहरी कार्यालय पुगेका थिए । अनुसन्धानका लागि प्रहरीले तीन पटक अदालतबाट म्याद थप गराएर पलविरुद्ध अनुसन्धान गरेको थियो ।