
आज कोरोना भाइरसबाट ४४ जना संक्रमित भएका छन् ।
६ हजार ५ सय ९४ नमुनाको परिक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै देशभर २ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।
गएको २४ घण्टामा ४ सय ८१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ९ लाख ६३ हजार ५ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट निको भएको दर ९८ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ ।
आज कोरोना सङ्क्रमणबाट १ जनाको निधन भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ११ हजार ९ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।