
फाइल फोटो
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सहभागी हुने तयारी गरेको छ ।
मंगलबार मधेस प्रदेशमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष महन्थ ठाकुरले आफूहरूका माग सम्बोधन भए लोसपा सरकारमा जानसक्ने बताउनुभएको हो ।
लोसपाले नागरिकतासम्बन्धी मुद्दा समाधान गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
लोसपा सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको अध्यक्ष ठाकुरले बताउनुभयो । तर सरकारमा जानेबारे अहिलेसम्म औपचारिक निर्णय नभए पनि छलफलका लागि भने तयार रहेको ठाकुरको भनाइ छ ।
तर, आफूहरूका माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने उहाँले स्पष्ट पार्नुभयो ।