
निजी क्षेत्रबाट सञ्चालित बिद्यालयको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को अध्यक्षमा डिके ढुंगाना निर्विरोध चयन हुनुभएको छ ।
सहअध्यक्ष ढुंगानामहाधिवेशन अघि नै अध्यक्ष निर्विरोध चयन हुनुभएको हो । अन्य पदाधिकारी, केन्द्रीय सदस्यलगायतको चयन भने बुधवारबाट शुरु हुने महाधिवेशनबाट हुनेछ ।
काठमाडौंमा बुधवारबाट शुरु हुने प्याब्सन १५ औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित निर्विरोध भएकासहित २७ पदाधिकारीसहित ६६ जनाको केन्द्रीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधिले सहभागिता जनाउँदै छन् ।