
बाहुबली फेम्ड निर्देशक राजामौलीको फिल्म ‘आरआरआर’ नेपालमा समेत बहुप्रतीक्षित हो ।
यो फिल्म शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘आरआरआर’ नेपालमा पनि हिन्दी भाषामा रिलिज हुँदैछ ।
राजमौलीको निर्देशनमा तयार भएको फिल्म ‘आरआरआर’ले नेपाली बक्स अफिसमा सुनामी नै ल्याउने संकेत गरेको छ ।
यो फिल्मलाई नेपालका मल्टिप्लेक्सहरुले उच्च शो दिएका छन् । अरु, फिल्मको बुकिङ बुधबार खुलेपनि यो फिल्मको बुकिङ भने सोमबार नै खोलिएको थियो ।
सोमबारदेखि बुकिङ खुल्ला भएसँगै दर्शकको लामो भीड हलमा देखिएको छ । देशकै सबैभन्दा ठूलो चेन मानिएको क्यूएफएक्सले यो फिल्मलाई ५५ शोज दिएको छ । काठमाडौंसँगै देशभर यो फिल्मका लागि दर्शकले आक्रामक तरिकाले बुकिङ गरिरहेका छन् ।
यस्तै, बीग मुभिज, वान सिनेमाज लगायतका हलमा पनि फिल्मको बुकिङ आक्रामक देखिएको छ । राजमौलीको फिल्म भएकाले पनि दर्शकले यो फिल्मलाई अझै बढी प्रतिक्षा गरेका हुन् ।
फिल्म ‘आरआरआर’ हेर्ने हो भने तपाइले करिब ४ घन्टाको समय छुट्याउनुपर्नेछ । किनकी, यो फिल्मको समय ३ घन्टा ६ मिनेट ५४ सेकेन्डको छ । यसैले, दर्शकले फिल्मका लागि मात्र ३ घन्टा भन्दा बढी समय खर्चिनुपर्नेछ ।
यो फिल्ममा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगण लगायतका कलाकारको अभिनय छ ।