
कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमालेले संविधान मिचेकाले सरकार छाड्नुपरेको बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रशारक संघ अकोराबको १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन असफल भएको बताउनुभयो ।
देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताउनु भयो । रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने बताउनुभयो ।
उहाँले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताउनुभयो ।