९ बैशाख २०८२, मंगलवार

आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेल, सहारामा चुनाव जित्ने कुरा नसोच्न कार्यकर्तालाई नेपालको आग्रह

madhav
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आज भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने बताउनु भयो । आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा नसोच्न अध्यक्ष नेपालले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको पनि आरोप लगाउनु भयो ।