
मुुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल, त्रि–भूवन अन्तराष्ट्रिय विमानस्थल अस्तब्यस्त व्यवस्थापनका कारण संधै आलोचित हुँदै आएको छ । पछिल्लो समय विमानस्थल क्षेत्रमा व्यवसायीकरणको नाममा राज्यको सम्पत्ति दोहोन भइरहेको छ ।
यो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको यात्रु आगमन क्षेत्र हो । सरकारले सम्झौता नै गरेर ३० वर्षका लागि निर्माण सहित सञ्चालन व्यवस्थापन सम्पूर्ण जिम्मा आईएमएस एयरपोर्ट सर्भिस कम्पनिलाई सुम्पेको छ । कम्पनिले यतिवेला यसको भरपुर फाइदा लुटिरहेको छ । नीजि कम्पनि त हो, नामामुखी हुनै प¥यो ।
तर प्रष्ट भासामा भनुपर्दा नाफाको नाममा नागरिकको ढाड नै भाँचिने गरी लुटिरहेका छन । यात्रुहरु प्रतिक्षालयमा पैसा तिरेर मात्र प्रवेश गर्न पाउँछन । पैसा तिर्न नसक्ने वा नचाहानेहरु यहि उभिनुको विकल्प छैन ।
यो लाममा कोहि आफ्ना आफन्त लिन, कोहि आफ्ना अतिथि लिन त कोहि यात्रु लिन आएकाहरु छन् । प्ले कार्ड लिएर घण्टौ यो रेलिङ छेउमा उभिन सहज कहाँ पो छ र ? तर बाध्यता जति नै कठिन नै भए पनि कुर्नै प¥यो । पैसा तिर्न सके यी सर्वसाधरणले भित्रको सुविधा सम्पन्न प्रतिक्षालयमा बस्न पाउँथे ।
तर कतिले थाह नभएर त कतिले पैसा तिर्न नसकेर यो भिरालो प्रतिक्षालको रेलिङमा समाएर आफ्ना आफन्त प्रतिक्षामा हुन्छन् । प्रतिक्षालयमा बस्न पनि पैसा तिर्नुपर्ने भन्दै धेरैले असन्तुष्टि जनाइरहेका थिए । यो क्षेत्रमा प्रतिक्षालयमा मात्र होइन पाकिङ शुल्क समेत एकदम महंगो भएको सर्वसाधरणको गुनासो छ ।
सर्वसाधरणको गुनासो बोकेर हामी त्रि–भूवन विमानस्थलका अधिकारीहरुसम्म पुग्यौ । विमानस्थल प्रशासनले विमानस्थललाई व्यवसायीकरण गर्ने भनेर यो क्षेत्र नीजि कम्पनीलाई दिइएको प्रष्ट पारे । यद्यपि सर्वसाधारणको गुनासोबारे थप अनुगमन गर्ने प्रतिवद्धता भने अधिकारीले जनाए ।
आफन्तको पर्खाइमा रहेकाहरुलाई विगतमा निःसुल्क बस्ने व्यवस्था थियो । यात्रुले पानी निःशुल्क पिउन पाउँथे, मोबाइल चार्ज गर्न पाउँथे’ तर अहिले पैसा हुनेहरु भित्र ‘सुपररियर’ र ‘डिलक्स’ मा गएर यो सुविधा लिन पाउँछन भने पैसा नतिरे यहि रेलिङमा उभिनुको कुनै विकल्प छैन ।