
बलेफी हाइड्रोपावर लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला गरेको छ।
कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको छ ।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । आवेदन भने चैत १६ गतेदेखि चैत्र २१ गतेसम्म दिन सकिनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।