
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो ।
आसिफ शेखको अर्धशतकको सहयोगमा नेपालले मलेसियामाथि जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाउँदै ११७ रन बनायो ।
नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । आसिफलाई सायद अजिजले क्याच आउट गराए ।नेपालका लागि दिलीप नाथले १५ रन बनाउँदा कुशल मल्लले २ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।
जितसँगै नेपालले दुई खेलमा ४ अङ्क जोडेको छ । पराजित मलेसियाले २ खेलमा २ अङ्क जोडेको छ । पीएनजी भने अङ्क विहीन छ ।