
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले जनप्रतिनिधिले गर्ने कामको मूल्याङ्कन जनताले चुनावबाट गर्ने बताउनुभएको छ ।
तनहुँको व्यास नगरपालिका–११ मा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले जनताको मन छुन सक्ने काम गर्न सकिए चुनावबाट मूल्याङ्कन हुने बताउनुभयो ।
वर्तमान सरकार देशमा सुशासन कायम गर्न र विकास गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री श्रेष्ठले आगामी निर्वाचनसम्म वर्तमान सरकारमा रहेका दलबिच गठबन्धन गरेर जाने सहमति भएको बताउनुभयो ।
आजै तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले गठबन्धनले नै देशलाई निकास र विकास दिने तथा वर्तमान सरकार जनताको समस्या समाधानका लागि बनेको बताउनुभयो ।