
मार्चको अन्तमा न्यू योर्क शहरमा कोरोनाभाइरस फैलिएपछि माउन्ट सिनाई अस्पतालका चिकित्सकहरूले बिरामीहरूको रगतमा केही अनौंठो भएको थाहा पाए ।
विषेशज्ञ चिकित्सकहरूले कोरोनाभाइरसका बिरामीको शरीरका विभिन्न अंगहरुमा रगत गाढा हुने र थक्का पर्ने लक्षणहरु देखेका थिए । विषेशज्ञहरुका अनुसार यो भाइरसले शरीरलाई नष्ट गर्ने डरलाग्दो तरिका मध्ये एक हुन सक्छ ।
माउंट सिनाईमा, किड्नी विषेशज्ञहरूले डायलिसिसको समयमा क्याथेटरहरूमा जमेका रगतका थक्काहरु भेट्टाए । त्यसैगरी छाती विषेशज्ञहरुले पनि भेन्टिलेटरमा रहेका केहि बिरामीको फोक्सोको केहि अंशमा अनौंठो तरिकाले रगत नभएको चाल पाएका थिए । न्यूरोसर्जनहरूले पनि रगत जमेर थक्का परेको कारण स्ट्रोकको बिरामीको चाप बढेको बताए ।
विषेशज्ञका अनुसार साधारणतया लामो समय सम्म भेन्टिलेटरमा बस्ने बिरामीहरुमा रगत जम्ने समस्या देखिन्छ तर डाक्टरहरूका अनुसार कोविड्-१९ का बिरामीहरूमा यो समस्या चाँडै देखा पर्दैछ ।
बोस्टन स्थित्, बेथ इजरायल डिकनस मेडिकल सेन्टरले यस महिनाको सुरूमा एक एन्टी क्लटिंग औषधि, गम्भीर बिरामी कोविड्-१९ बिरामीहरूको लागी क्लिनिकल परीक्षण शुरू गरेको छ ।
अमेरिकन सोसाइटी अफ हेमेटोलॉजीले पनि यस लक्षणमाथी चासो व्यक्त गरेको छ र आफ्नो मार्गदर्शनमा कोविड्-१९ बिरामीहरूका लागि रगत पातलो पार्ने उपचारका फाइदाहरू अज्ञात रहेको बताएको छ ।