
चितवनमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको निधन भएको छ । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थत राजमार्गमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं.५ का ५५ वर्षिय भीमबहादुर मगरको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक छेउको नाली सफा गर्ने क्रममा चुँडिएर नालीमा लत्रिएको तारबाट एक्कासी करेन्ट लाग्न गई उनको निधन भएको हो । मृतक मगरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।