
नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका छन् ।
सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर डल्लाकोटी माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । ओलीबाट टिका लगाएर उनी १५ वर्षपछि एमालेमै फर्केका हुन् ।