
सुदूरपश्चिमका राजनीतिक दलका नेताहरूले आगामी स्थानीय चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
तर शिक्षक, विद्यार्थी, पत्रकारले भने चुनावमा बालबालिका, विद्यालय भवन, सवारी साधन प्रयोग नगर्ने दलहरुको प्रतिवद्दता व्यवहारमा लागू हुनेमा आशङ्का व्यक्त गरेका छन्।
शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको निर्वाचन आचारसंहिता र राजनीतिक दलका घोषणापत्रमा बालबालिका सवालमा सोमबार प्रदेश स्तरीय छलफल तथा सुझाव हस्तान्तरण कार्यक्रम दलका नेताहरूलाई सुझाव पत्र बुझाइएको थियो।
सुझाव पत्रमा राजनीतिक दलले घोषणापत्रमा समावेश गर्नुपर्ने प्रमुख विषयहरू समेटिएका छन्। पाँच सय भन्दा बढी नागरिक संस्थाहरू तर्फबाट २० वटा संस्थाले २१ बुँदे सुझाव पेश गरेका छन्।